नेपाल समाचारपत्र, काठमाडौं
नेपाली काग्रेसले बाढी पहिरो प्रभावित नागरिकको जिवन रक्षाको लागि उद्धार र राहतको कार्य प्रभावकारी ढंगले सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै वाढी पहिरो प्रभावित जिल्लामा पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई परिचालन गरी उद्धार, राहतको कार्यक्रममा परिचालन हुन निर्देशन दिएको छ ।
केही दिनदेखिको परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा ठूलो धनजनको क्षति भएको र जनजिवन अस्तव्यस्त भएको छ । वाढी पहिरोबाट कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लाहरुमा डेढ दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको तथा ठूलो संख्यामा मानिसहरु वेपत्ता र विस्थापित हुनका साथै कैयौं व्यक्तिहरु घाइते भएका छन् । हजारौ हेक्टर खेतियोग्य जमिन डुवानमा परेको छ । पहिरो र डुवानका कारण सडक यातायात अवरुद्ध भएको छ ।
प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामग्री, खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेसले आग्रह गरेको छ ।
प्रमुख प्रतिपक्ष दल समेत रहेको नेपाली काग्रेसले भनेको छ– ‘बाढी, पहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि समेत सरकारसँग आग्रह गर्दछ ।’
वाढी पहिरो प्रभावित सम्बन्धित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहरुले पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसहरुलाई स्थानान्तरण गराउने कार्यमा जुट्नका लागि नेपाली कांग्रेसले निर्देशन दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।