०१ पौष , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०५ पैसा र विक्रिदर २५ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र विक्रिदर ९ रुपैयाँ ४४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ३२ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ३० पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ६० पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ १७ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ७७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।