०१ पौष , काठमाडौँ – काठमाण्डौवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन थालेको छ ।
आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले भने,
-बर्षा सुरु हुनु अगावै खानेपानीको पाइपलाइन बिच्छ्याएर सडक कालोपत्रे गर्छौ ।
-त्यो काम सकेपछि अर्को बर्षको सुख्खा याममा मात्रै यहाँका स्थानीयले पानी पिउन पाउनेछन् ।
-हामी घर घरमा पानी पुर्याउने योजनामा छौं ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।