०४ पौष , काठमाडौँ – लाइन लागेर सार्वजनिक सवारी साधन चढ्दा एकदमै सजिलो भएको यात्रुहरु बताउछन्। नयाँ सडकस्थित एनएसीबाट माइक्रो बस चढेर कोटेश्वर जाँदै गरेका रन्जन श्रेष्ठलाई प्रश्न सोध्न नपाउँदै एकदम राम्रो भएको छ ।
माइक्रो बसमा सवार अधिकांश यात्रुले लाइनमा बसेर सवारी साधन चढ्ने अभियानको निरन्तरताका लागि आग्रह गरेको छ । पालो कुर्दा अलि ढिलो हुन्छ तर, यात्रा सहज र सुरक्षित बनाएकोमा यात्रुहरु खुसी देखिन्छन् ।
आइतबारदेखि उपत्यकाका १० स्थानबाट एकैसाथै सुरु भएको सो अभियानले यात्रुलाई शिष्ट र सभ्य बनाउन पनि सघाउ पु¥याएको देखिन्छ ।
‘एक आपसमा ठेलमठेल र लडाईं गरेर गाडी चढ्न हतार गर्नुभन्दा एक मिनेट पालो कुरेर बस्दा पनि सहजै रुपमा गन्तव्यमा पुग्न सकिँदो रहेछ’ शङकरले गोरखापत्रलाई बतायो ।
यो खबर आजको गोरखापत्रमा छ ।