०७ पौष , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३७ पैसा र विक्रिदर २७ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र विक्रिदर २८ रुपैयाँ ११ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १७ पैसा र विक्रिदर २५ रुपैयाँ ३२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र विक्रिदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ७४ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ २१ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ८० पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ६४ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ २४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।