०७ पौष , काठमाडौँ – मलेशियामा गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ दिएको छ। इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको हो।
उनी त्यहाँ सुरक्षाकर्मीका रुपमा कार्यरत थिए । अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।
नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।उनी नेपाल फर्किसकेका छन् ।
यो खबर आजको गोरखापत्रमा छ ।