०७ पौष , सल्लेरी – सोलुखुम्बुमा आलु र धान उत्पादन विगतको वर्षको तुलनामा यस वर्ष वृद्धि भएकोे छ ।
मौसमी अनुकूलता, कृषिको तालिम, मलखादको उचित प्रयोगले आलु तथा धानको उत्पादकत्व सन्तोषजनक रहेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलुखुम्बुको आलु कटारी, खुर्कोट, काठमाडौँलगायतको ठाउँमा निर्यात हुने गरेको छ । सोलुखुम्बुमा १५ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा यस वर्ष १५ सय २० हेक्टर जमिनमा धान खेती गरिएको छ ।
सोलुखुम्बुको विशेषगरी तल्लो क्षेत्र नेचाबतासे, नेचाबेतघारी, मुक्ली, कागेल, देउसा, सोताङ, सल्यान र पन्चनमा धान खेती हँुदै आएको छ ।
यो खबर आजको गोरखापत्रमा छ ।