११ पौष , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २५ पैसा र विक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र विक्रिदर २७ रुपैयाँ ९९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०५ पैसा र विक्रिदर २५ रुपैयाँ २० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र विक्रिदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ४० पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ र विक्रिदर २ सय ७२ रुपैयाँ ५९ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ १८ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ७८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।