कबिता
मदहाेस गुमाए पछि कस्काे हन्छ र हाेस
शब्दै अति तिखा तिम्रा पार्ने सवलाई बेहाेस
खिस्सिटिउरी उच निच भाषण तिम्रो बैभव
दवाएर रैती टाेल गाँउमा , उच्च तिमी सदैव
गरेर उन्नति अाफ्नै रिपुमा उच्च पार्दछन् शिर
हुदैन रक्ति राष्ट्र भक्ति गर्छन् अाफ्नै खातिर
अालटालकाे मियाे भित्र जागिर चल्दैछ सरापले
माउपाठा नै मिचिन्छन् अब सरकारकाे प्रभावले
कुना कुनामा सिंह दरवार पारा देखिदैछ अाज
पहिलाकै मुखिया फेरिएर , गर्दैछन् फेरी राज
क्रमभङ्गतामा रहि फेरि चल्दैथ्याे साेझाे समाज
भान हुन्छ साँच्चिकै राखेझै राजा गद्दिमा विराज
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत
हाल गुर्भाकाेट नगरपालिका १० घुमखहरे सुर्खेत