१३ पौष , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ११ पैसा र विक्रिदर २८ रुपैयाँ २७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ ०३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०७ पैसा र विक्रिदर २५ रुपैयाँ २१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र विक्रिदर ९ रुपैयाँ ५९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ७९ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ७७ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ४४ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ०४ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ३५ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ९५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।