१४ पौष , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र विक्रिदर २८ रुपैयाँ २४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २८ रुपैयाँ तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १४ पैसा र विक्रिदर २५ रुपैयाँ २९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र विक्रिदर ९ रुपैयाँ ६२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६२ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६० पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ७२ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ २३ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ८३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।