संजय कुशवाहा नवलपरासी / पुस १५
सौजन्य साना किसान कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा पिपरपातिमा सम्पन्न भएको छ ।
नवलपरासीको प्रतापुर गाऊँपालिका वडा नं.८ पिपरपातिमा सौजन्य साना किसान कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
राजेश सिंह अध्यक्षता तथा प्रतापुर गाउपालीका प्रमुख राज कुमार शर्मा प्रमुख अथित्यता रहेको सो
कार्यक्रमा सोही गाऊँपालिका वडा नं. ८ का वडाध्यक्ष कादिर अली अन्सारी, वाडा न.६ का वाडा अध्यक्ष राम हरि उपाध्या, साना किसान कृषि सहकारी सस्था त्रिवेणीका अध्यक्ष दिपक कुवर, सरिता शर्मा, तारा सिंह, अनिता कोईरी लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रमा ०७४/०७५ सालको कुल आय ब्यय ३८ लाख ७४ हजार ५८४ रुपयाँ प्रस्तुत गरिएको थियो ।
सो सहकारी संस्थाको कुल शेयर सदस्य ४६६ रहेको संस्थाको प्रबन्धक रामेश्वर कोईरीले जानकारी दिनु भयो ।