देवदह /रुपन्देही ।
रुपन्देहीको देवदहमा एक व्यवसायीको गोली हानी हत्या भएको छ । देवदह–२, ढेकावारमा आज विहान ११ बजेतिर फर्निचर व्यवसाय गर्दै आएका बलु भनिने बसन्त पौडेल माथि गोली प्रहार भएको हो । आप्नै फर्निचरमा आगोतापिरहेको वेला गोलि गोली प्रहार भएको हो ।
गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
मोटरसाइकलमा आएका दुई जनाको समूहले उनको टाउको र छाती गोली प्रहार गरी भागेको प्रहरीले बताएको छ । पौडेल एमाले नेता तथा पुर्व करहीया गाविस का अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन । पुर्व युवासंघ क्षेत्रीय कमिटी कोषाध्यक्ष गतबर्ष हत्यागरिएका युवासंघ रुपन्देहिका अध्यक्ष दुर्गा तिवारिका साथी हुन् ।
पौडेललाई गोली प्रहार भएलगत्तै फरार अभियुक्त मनोज पुनले टेलिफोन गरी जिम्मा लिएका छन् । बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका हुन् ।
पुनमाथि गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ । वर्षैपिच्छे गोली हानेर हत्या भएपछि देवदहका स्थानीय त्रसित बनेका छन् ।
हत्या को विरोधमा युवा विर्धाथी हरुले बुटबल मा बन्द गरेर प्रर्दशन गरिरहेका छन् ।
घटनास्थलका फोटोहरु
देवदह क्षेत्र तनावग्रस्त