संजय कुशवाहा / नवलपरासी माघ ११
नवलपरासीको प्रतापपुर गाउँपालिका २ गोपिगन्जमा अवस्थित बिकल्प नवलपरासीको हलमा मोटर र डिजल पम्प बितरण कार्यक्रम आज सम्पन्न भएको छ। बिकल्प नवलपरासीको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा बिपन्न बर्गका लागि तरकारी खेती ब्यवसायिक रुपमा उन्मुख गराउने उद्देश्यले मोटर र डिजलपम्प बितरण गरिएको हो ।
बिपन्न बर्गको जिवनस्तर सरल बनाउनको लागि यो मोटर र डिजलपम्प बितरण गरिएको हो । यो मोटर र डिजलपम्प बितरण एकीकृत दिगो जिबिको पार्जन कार्यक्रम अन्तर्गत दलित, असहाय, अतिबिपन्न लक्षित बर्गलाई समेटेको छ। खासगरी असहाय अशक्त र अति बिपन्न समुदायलाई लक्षित गरेर बिगतका दिनदेखि नै यस्ता कार्यक्रम बिकल्पले गर्दै आईरहेको छ । बिकल्प नवलपरासीकि अध्यक्ष कबिता ज्ञवालीको अध्यक्षतामा तथा बर्दघाट नगरपालिकाको कृषि प्राबिधिक अबदुल अलि मुसलमानको प्रमुख आतिथ्यतामा बिपन्न बर्गका लागि मोटर र डिजलपम्प बितरण कार्यक्रम आज सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाको कृषि प्राबिधिक अबदुल अलि मुसलमानले बिकल्पले दलित, असहाय, अतिबिपन्न बर्गका लागि बितरण गरिएको मोटर र डिजलपम्प स्रहनिय छ । नेपाल कृषि प्रधान देश भएको हुनाले अहिलेको अवस्थामा महिला दिदिबहिनीहरुको लागि तरकारी खेती अति आवश्यक छ। यसले कृषि क्षेत्रमा बिशेष भुमिका खेल्दछ, तरकारी खेति गर्दा आर्थिक स्तर वृद्धि गर्ने काम गर्दछ । र केही हदसम्म देशको बेरोजगारी समस्या समाधान हुनेछ भन्ने कुरामा जोड दिनु भएको थियो । साथै यस क्षेत्रको समाज परिवर्तन कार्यमा हातेमाले गरि बढ्ने र अन्य कार्यक्रमको लागि सहयोग र साथ आफु अगाडि बढ्ने बिचार राख्नुभएको छ।
सो मोटर र डिजलपम्प बितरण कार्यक्रममा सुस्ता गाउँ पालिका र बर्दघाट नगरपालिका गरि अति बिपन्न ५ जना महिलाहरुलाई तरकारी खेति ब्यवसायिक रुपमा गर्नको लागि मोटर र २ जना महिलालाई ३९ जना कृषकको ३० बिगहा जग्गामा नियमित रुपमा तरकारी खेती र अन्न खेतीलाई सिचाइ पुर्याई उत्पादन क्षमता बढाउन डिजलपम्प बितरण गरिएको हो ।
कार्यक्रममा बर्दघाट नगरपालिका १५ वडा सदस्य मनकाजि परियार, वडा सदस्य बुद्धिमाया सुनार बिकल्पका फिल्ड कोडिनेटर रामनगिना गुप्ता पशु प्राबिधिक गगन सिंह राना, स्वास्थ्य परिचालिका कमला फुल्देल, बिष्णु अधिकारी लगायतले बोल्नुभएको थियो ।