१५ माघ , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०३ पैसा र विक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र विक्रिदर २८ रुपैयाँ ०१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६० पैसा र विक्रिदर २७ रुपैयाँ ७६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ १९ पैसा र विक्रिदर २६ रुपैयाँ ३५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ६८ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ५० पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय १ रुपैयाँ ३८ पैसा र विक्रिदर १ सय १ रुपैयाँ ९८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।