१८ माघ , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०५ पैसा र विक्रिदर २७ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र विक्रिदर २७ रुपैयाँ ७८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ र विक्रिदर २६ रुपैयाँ १६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ४६ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ४६ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ६९ रुपैयाँ ०६ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ६५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय १ रुपैयाँ ४४ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ०४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।