१८ माघ , काठमाडौँ – गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाउन अझै समय लाग्ने जनाएको छ ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई समेत समेटेर नयाँ मर्यादाक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।
तर, गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयमै प्राविधिक पक्ष टुंग्याएर कार्यान्वयन गर्न निर्देशन दिएको र सबै पदको मर्यादाक्रम मिलाउने काम भइरहेको जनाएको छ ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।