१९ माघ , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २३ पैसा र विक्रिदर २७ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८१ पैसा र विक्रिदर २७ रुपैयाँ ९७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ १८ पैसा र विक्रिदर २६ रुपैयाँ ३३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ७८ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ७८ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ५० पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ १३ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ७३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।