शान्ति प्रेमी र वीर गोर्खाली को
आज किन एस्तो हाल भो ( 2 )
निडर र देश को निम्ति ज्यान दिने ति गोर्खालीलाई
पहचान को किन एस्तो अनिकाल भो ( 2 )
पहाड को चोटी मा पनि चिन्ता को रेखा देख्छु म
सगरमाथाको चोटी हो या युद्धभुमि को मैदान
ति गोर्खाली सन्तानहरु आफ्नै पहचान खोजि रहेको देख्छु म
(बनाऊ भने 2)
ईतिहासको पहिलो पाना मा ति गोर्खाली नाम छ
सागरभन्दा गहिरो र आकाश भन्दा उच
ति गोर्खाली को इतिहास छ
शान्ति प्रेमी र वीर गोर्खाली को
आज किन एस्तो हाल भो (2)
निडर र देश को निम्ति ज्यान दिने ति गोर्खालीको
पहचान को किन एस्तो अनिकाल भो (2)