१९ माघ , काठमाडौँ – शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाउन भइसकेको र वाम गठबन्धनको सरकार बनिनसकेको संक्रमणकालिन अवस्थामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार काठमाडौँ आइपुगिन् ।
उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा अर्थराज्यमन्त्री उदय शमशेर राणा र परराष्ट्र सचिव शंकर वैरागीसहितको सरकारी टोली पुगेको थियो ।
नेपाल सरकारले कुनै औपचारिक निम्तो नदिई आएकी उनले त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै भनिन्, ‘मेरो भ्रमणको कुनै एजेन्डा छैन । म त दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने सांस्कृतिक भ्रमणमा आएकी हुँ ।’
यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।