भैरहवा (अस) । रूपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुषालले आउँदो असारअघि नै भैरहवालाई लोडशेडिड मुक्त बनाइने घोषणा गरेका छन् । नेपाल भन्सार एजेण्ट सङ्घ सिद्धार्थनगरको नवौं अधिवेशन तथा २१औं साधारणसभाको शनिवार भैरहवामा उद्घाटन गर्दै भुसालले यस्तो घोषणा गरेका हुन् । भैरहवामा भइरहेको लोडशेडिड हटाउन विद्युत् प्राधिकरणले काम गरिरहेको भन्दै उनले भैरहवामा रहेको सेजलाई आवश्यक विद्युत् उपलब्ध गराइने प्रतिबद्धता गरे ।
नेपालमा राजनीतिक परिवर्तन भइसकेकोले अब आर्थिक क्रान्तितपर्m अघि बढनुपर्नेमा भुसालले जोड दिए । भारतले नेपालका विभिन्न योजना लिने तर समयमै निर्माण नगर्दा समस्या भएको उनले बताए । भन्सारका लागि आवश्यक आईपीसी तयार पार्न नेपालले जग्गा अधिग्रहण गरिसके पनि भारतले त्यसतपर्m चासो नदिएकोले यसका लागि भारतिय समकक्षी र अर्थ मन्त्रालयमा आपmूले समन्वय गर्ने उनको भनाइ छ । नेपाल–भारत सीमा नाका बेलहिया र अन्य क्षेत्रमा हुने ट्रापिmक जामको समस्या समाधानमा आपmूलो चासो दिएको भन्दै भुसालले व्यवस्थित पार्किडका सम्बन्धित निकायमा अविलम्ब पहल गर्ने आश्वासन दिए । नेपाल भन्सार एजेण्ट महासङ्घका अध्यक्ष डा शान्तकुमार शर्माले देशको ४४ प्रतिशत राजस्व भन्सारबाट आउने भए पनि भन्सार एजेण्टका समस्यालाई सरकारले बेवास्ता गरेको आरोप लगाए ।