संजय कुशवाहा / नवलपरासी माघ २८
कुनै एक धर्मको नभई त्यहा मुस्लिम र हिन्दु अन्य समुदायका धर्मावलम्बीहरू समेत अवलोकन र पुजापाट गर्न जाने गरेका छन । तसै कारण पनि सयौ वर्ष देखि लाग्दै आएको मदारबाबा धार्मिक स्थलको रूपमा देश विदेशमा परिचित छ । विभिन्न किसिमका दु:ख लिएर आउने भक्तजनहरूले सु:ख, शान्ति, सन्तान प्राप्ति र विभिन्न किसिमका रोगहरू ठिक हुन्छ भन्ने धार्मिक विश्वासले मजारमा पुजापाट गर्ने गरेका छन । सो स्थानमा हरेक वर्ष शिवरात्रिको नौ दिन अघि देखि मेला लाग्ने गरेको छ । मेला शिवरात्रिमा समापन हुने गरेको छ ।
यस वर्षको मेला माघ २२ गते देखि फागुन १ गते सकिदैछ । सुस्ता गाउपालिका वडा न.२ महलबारी गाउबाट ९ किलोमिटर पहाडको डाडा चढेर जानू पर्दछ ।मदारबाबा मुस्लिम समुदायको भएपनि सबैले आस्थाका रूपमा लिने गरेका छन । मदारबाबाको पूरा नाम हजरत बदिउदिन कुतुबुल मदार शाह रहमतुल्ला अलैहे हो ।मदारबाबा भारतमा रहदा उहाँ धेरै धार्मिक ठाउँमा तपस्या गर्नु भएको थियो । सहि क्रममा उहाँ नेपालको महलबारीमा दुई पटक सम्म ४०/४० दिन तपस्या गर्नु भएको थियो ।विभिन्न धार्मिक ठाउँ । पहाडहरूमा तपस्या गर्दै जीवन बिताउनु भएका थए ।मदारबाबाले तपस्या गरेको ठाउमा उहाका शिष्यहरूले पुजापाठ गर्ने गरेका छन ।शिष्यहरूले बाबाको सम्झनामा भारतको लखनउ स्थित मकानपुर र महलबारी दखि ९ किलोमिटर पहाडको डाडामा पनि बनाएका थिए ।तर मकानपुर मजार धार्मिक स्थल ब्यवस्थित भएका कारण देश विदेशमा परिचित छ तर हाम्रो देशको भने उचित संरक्षण र प्रचारका कारण ओझेलमा परेको छ ।
मदारबाबाको मजारमा स्थानीय मेला आयोजक समिती र स्थानीय बासिहरू यसको प्रचार र संरक्षण जुटे पनि सरकारी निकायबाट भने त्यस्को प्रवदर्न हुन सकेको छैन ।
त्यस्तै नवलपरासी जिल्लाको सबभन्दा पुरानो र सबैभन्दा धेरै स्वदेशी तथा विदेशी भक्तजनको अवलोकन गर्ने स्थल रहेपनी यसबारे सम्बन्धित समुदायकै अगुवाहरू बेखबर हुन्छन् ।
मजारमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नु पर्ने छ तर चठनका लागि अहिले सम्म ब्यवस्थित बाटो अथव सिढिको ब्यवस्था छैन।दर्शनाथीहरूका लागि बाँस वस्ने स्थान छैन, पिउन र स्नान गर्नका लागि पानीको अभाव छ ।त्यहा संकलन भएको रकम सदुपयोग हुन सके मात्र उक्त स्थानमा कोही संरचना निर्माण गर्न सकिने छ।
हिन्दु र मुस्लिम समुदायको धार्मिक आस्थाको केन्द्र मदारबाबालाई सरकारले संरक्षण र प्रवर्द्धन गर्ने आवस्यक छ ।