अमेरिकाको फ्लोरिडाको स्टोनम्यान डग्लस हाइ स्कुल शूटिंगमा दुईजनाको मृत्यु, १४ जना घाइते, कम्तीमा १४ जनालाई अस्पातल लगेको छ । शुटिङमा परि धेरै जना घाइते भएको कुरा ब्रोवार्ड काउन्टी पब्लिक स्कुलका सुपरिटेन्डेन्ट रोबर्ट रन्सीले भने । तर उनिलाई यती जना हो भन्ने थाहा छैन ।
अपराधीलाई हिरासतमा लिएको र अपराधी पहिला त्यसै स्कुलमा पढेको कुरा, शेरिफ स्कट इज्रायलले भने ।
नयाँ भर्ना भएका विध्यार्थी केडेन हनाफीले भने, उनले २ वटा गोली पड्केको सुने र मनिसहरु अर्को बिल्डिङमा भागाभाग भएको थियो । सुरुमा त सबैले पटेका पड्केको होला भनेर वास्ता गरेनन । “अहिले सम्म जिवित हुनु ठुलो आशिष रहेको” उनले भने ।
WSVN को एरियल फुटेजले देखाए अनुसार धेरै जना मनिसहरु स्कुलको बाहिर जमिनमा सुतिरहेको र एक एक गर्दै घाइतेहरुलाई एम्बुलेन्समा हलिरहेको अवस्था थियो । विद्यार्थीहरुलाई स्कुलबाट निकाल्दै गर्दा एक विद्यार्थीले ६ वटा गोली चलेको र सबै जना फेरी स्कुल भित्र दौडिए ।
सबैजना डर र त्रासमा बसिरहेका छन । हिरासतमा लिईेएको व्यक्तीले, रातो शर्ट, कालो पाइन्ट र कालो बुट लगाएको थियो ।
FBI ले घटनास्थलमा गई विध्यार्थीहरुसँग अन्तर्वाता लिदै अपराधीलाई कसैले देखेको थियो भन्दै सोधेका थिए ।
ब्रोवार्ड स्कूल जिल्लाको अनुसार, 2:40 बजे साँझ समय सकिन लाग्दा, कर्मचारी र विद्यार्थीहरूले बन्दूक जस्तै आवाज सुनेपछी “कोड रातो” लाई अधिनियम गर्दै सबैतिर बन्द गरे।
“बच्चाहरु पुरै खुन बगाउदै भागदै थिए भने कोही जमिनमा ढलेका थिए”, डेव्रल वाल्टनले भने ।
राष्ट्रपति ट्रम्पले ट्विट् गरेका छन कि, “भयानक फ्लोरिडा शूटिङको पीडितहरूको परिवारमा मेरो प्रार्थना र श्रद्धान्जली । कुनै बालबालिका, शिक्षक वा अरू कोही पनि एक अमेरिकी विद्यालयमा असुरक्षित महसुस हुँदैन।”
यो समाचार सिएनएन र सन- सेन्टिनेल डट कामबाट लिईएको हो । थप अपडेटका लागि यो लिन्कमा क्लिक गर्नुहोस् ।