काठमाडौं। लालबाबु पण्डित सर्वसाधारणका लागि अाशलाग्दाे नाम बनेकाे छ भने घुस्याहा कर्मचारीहरूका लागि अातंक । अाज फेरि त्यसकाे पुष्टि भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा अाेलीले तेस्राेपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मन्त्री पण्डितकाे जिम्मेवारी हेरफेर गरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाए ।
यसअघिकाे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय खारेज भएपछि त्यसलार्इ सामान्यमा जाेड्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएकाे हाे ।
पहिलाेपटक मन्त्री हुँदा उनले सामान्य प्रशासन सम्हालेका थिए । र, सबैलार्इ अचम्मित पार्दै प्रशंसायाेग्य काम गरेका थिए । कर्मचारी प्रशासनकाे केन्द्रीय निकायका रूपमा रहने सामान्य प्रशासन मन्त्रालयले नै कर्मचारीहरूकाे सरूवा तथा व्यवस्थापन गर्ने गर्दछ
त्यसैले नेतादेखि ठूलाे अाेहदामा बस्नेहरूकाे फेराे समाएर सधैँ मालदार मन्त्रालय, विभाग र कार्यालयमा राज गर्दै अाएका कमर्चारीहरूकाे उनले पहिले पनि साताे उडाएका थिए ।
यस्तै, संघीयता कार्यान्वयनकाे क्रममा बनेका स्थानीय तह र प्रदेशमा कर्मचारी जान नमान्दा ती निकाय कर्मचारीविहीन छन् । यस्ताेमा चाकडी, भनसुन केही नलाग्ने पण्डितले याे मन्त्रालय सम्हालेपछि त्यस्ता कर्मचारीमा भागदाैड मच्चिएकाे हाे ।
हिजाेसम्म अटेर गरेर केन्द्रमै बस्दै अाएका कर्मचारी अब कुम्लाे कुटुराे बाेकेर खटाएकाे ठाउँमा जानुकाे विकल्प नभएकाे भन्न थालेका छन् ।
यो समाचार नमस्ते खबरबाट लिईएको हो।