बिहान करिव ५ बजेको थियो,मेरो फोनमा अलाराम बज्यो र म उठे । मेरो आज लाईसेन्सको लागि देविनगर बुटवलमा ट्रायल थियो । करिव बिहान ६ बजे भैरहवादेखि म बुटवल जानको लागि तयार भई निस्किए । बाटो सुनसान थियो जति दिउशोको समयमा भिड हुन्थ्यो त्यों भीड केहि पनि थिएन । बिस्तारै जादै थियो तर बुटवल पुगेपछि देविनगर कता तिर छ भन्ने मलाई थाहै थिएन त्यही पनि बीच बीचमा बटुवाहरुलाई ट्रायल दिने स्थल कता हो भन्दै प्रश्न गर्दै गए । ठीक ७ बजे सुरु हुन्छ भनिएको कारण म त्यहाँ ६:४५ मा पुगे । त्यहाँ पुग्दा धेरै जसो साथीभाई दिदीबहिनीहरू प्रैक्टिस गरीरहेका थिए र मैले पनि एकपटक ट्रायल सुरु नहुदै प्रैक्टिस गर्ने सोचेर लाइनमा बसे । मेरो सानै देखिको बानी भन्या कसैसँग एकछिन मै मित्रता गर्ने थियो र त्यही लाइन बास्दा एउटा पाल्पाको साथीसँग मित्रता गासे । ७ बजे जस्तो लागेर मैले घडी हेरे घडीमा करिब ७:२५ भइसकेको थियो र त्यति बेरसम्म ट्रायल परीक्षा लिने सरहरू कोहि पनि आउनु भएको थिएन । ठीक ७:३० मा एउटा गाडी आयो र त्यहाँ ट्रायल लिने भनेर ट्राफिक र अन्य सिविल ड्रेसमा सरहरू झारनु भयो । त्यसपछि हामीलाई नियम अनुसार हाजिरी लगाउन लगाइयो र हामी ट्रायल दिन लाइनमा बस्न लाग्यौ ।
करिब म भन्दा अगाडि ६०-७० जना साथीहरुले ट्रायल दिन लाइनमा बसिरहेका थिए र त्यही क्रममा मेरो पालो आउन लाग्यो । मनमा कता कता खई कटाउदैन की जस्तो लागिरहेको थियो तर म त्यो मनको कुरा नसुनेर हिम्मत राख्दै अगाडि बढ़े । मेरो पालो आयो, म ट्रायलमा पालना गर्नु पर्ने र कटाउनु पर्ने सबै मिलाएर कटाए र बाहिर निस्किएर आए । बाहिर निस्कन साथ मलाई मेरो बुवाको फोन आयो र भन्नु भयो ‘छोरा के भयो ट्रायल कटयो’ भनेर सोध्नु भयो,म खुसी हुदै हजूर मेरो कटयो भने अनि फोन राखिदिए । मलाई त्यति बेला मात्र वेटिंग थियो त ट्रायल पेपरमा त्यहाँ पास लेखेर दिएको लिन मात्र र त्यही क्रममा पेपर पास भएकोहरुलाई दिनको लागि एकजनाले लिएर आउनुभयो । सबैले मेरो खई मेरो खई भन्दै लिग्दै थिए र मैले नि मेरो नाम किन आएन भनेर सोधे र त्यहाँ मलाई हजुरको यहाँ छैन् भन्नुभयो । मलाई अचम्म लाग्न लाग्यो र मैले ट्रायल भइरहेको स्थानका सरहरूलाई गएर सोधे र अहिले बाहिर जानुस भनेर मलाई वैट गर्न लगाइयो । वैट गरिरहेको बेला एकजना अपरिचित दिदीले मेरै आँखा अगाडि ट्रायल कटाउनु भयो र खुसी हुदै बाहिर निस्किनु भयो । त्यो दिदीले नि आफ्नो नाम खोज्दै ट्रायल दिईसकेपछि पास भनेर दिने कागच खई भन्दै सोध्नुभयो र त्यहाँ भित्र बस्ने सरले तपाई फैल हुनुहुन्छ भनेर पठाईदियो । मलाई नि कता कता लाग्न लाग्यो मलाई नि फैल भनेर नदिएको हो कि भनेर र मैले मेरो यति नम्बर हो हेर्नुस भनेर सोधे र त्यहाँ हेर्दा फैल भनेर लेखेको रहेछ । मलाई अचम्म लाग्न लाग्यो मेरो पछाडि बोल्ने देख्ने त्यहाँ धेरै अपरिचित साथीहरू नि थिए र उनीहरुले नि कटेको हो भन्न लागे र त्यो अर्को दिदिलाई लिएर म सरहरूलाई भन्न गए । सरहरुले अहिले बाहिर जानुस भनि केहि उत्तर दिनु भएन र लास्टमा हेरुमला भन्नुभयो । करिब १ घण्टा जस्तो हामी वैट गर्यौ हामीलाई केहि मतलब गरिएन र म फेरी भित्र पसे र सोध्न लागे । मेरो प्रश्नको उत्तर मात्र सोधेको थिए तर केहि भन्नुभएन । त्यही क्रममा एक जना सरले मेरो दृष्टिले धोका दिए होला भन्नु भयो तर सरको दृष्टिले धोका दियो भनेर हामी जनतालाई दुःख दिन हुन्छ त ? मेरो आँखा अगाडि एक जना साथीले उकालो चढाउन सक्नु भएन र वहाँलाई दुई पटक सम्म चांस दिएको त्यहाँ भएका सबैले देखेका थियौ र एक जना अर्को साथीलाई सोही गल्ती गर्दा एकपटकमै बाहिर पठाईदिएको पनि हामीले त्यही देखेका थियौ । अब यसरी हेर्दा लाग्छ म आफू गल्ती नगरी सहि सबै गर्दा हामीलाई ट्रायल फैल भन्ने र ट्रायल फैल भइसकेकालाई कहिले नदेखे जस्तो गर्ने कहिले के गर्ने गरेर पास गराउने त्यहाँ रहेका धेरै साथीलाई देखिराखनु भएको थियो ।
यसरी हेर्दा के लाग्छ भन्दा यातायात कार्यालयले हामीलाई आफू सही हुँदा नि ट्रायल फैल हो भनेर जबरजस्ती गर्दो रहेछ र हामी सर्वसाधारण जनतालाई सरासर दुःख दिएको भनेर देख्न सकिन्छ ।
नेपाल जस्तो हाम्रो सुन्दर देशमा यस्ता दुःख दिने राष्ट्रसेबकहरूलाई कारबाही गर्न हामी अनुरोध गर्छौ । अर्को अन्तिम अनुरोध के छ भन्दा ट्रायल दिदै गर्दा हामीलाई भिडियो गर्न दिनुस नभए सीसीटीभीको बेवस्ता गर्न नि अनुरोध गर्छौ ।