ललितपुर,चैत्र ७ – दक्षिण ललितपुरमा ६ बर्षीया बालिका सोमबार बलात्कृत भएको घटना सेलाउन नपाउँदै ललितपुरमै अर्की ७ बर्षीया बालिका बलात्कृत भएकी छिन् ।
गोदावरी नगरपालिका १४ की बालिका मंगलबार दिउँसो अन्डरलाइन वीक्लीमा कार्यरत पत्रकार दीपेश साह चक्रवर्तीबाट बलात्कृत भएकी हुन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।
पीडित बालिकाले आमालाई घटनाबारे बताएलगत्तै साहलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको वृत्तका डीएसपी विनोद सिलवालले जानकारी दिए ।
पीडित परीवारको किटनी जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको र बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइने डीएसपी सिलवालले बताए ।