काठमाडौं । राजधानीको ठमेलबाट प्रहरीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले २५ वर्षीय सुगम बमलाई पक्राउ गरेको थियो । यो समाचार विभिन्न अनलाईन मिडियाहरुमा आएपछि पिडित सुगम बमले भने, सम्प्रेसश गरिएको सो समाचार झुठो रहेको बताएका छन् ।
सुगम बम आफ्नो साथिहरुसँग फ्राईडे नाइट मनाएर घर फर्किने क्रममा प्रहरीले आफुलाई हात पात गरेको बताउँदै भने, ‘मेरो साथिहरुसँग फ्राइडे नाइट मनाएर घर फर्कदैँ गर्दा ट्याक्सी चढ्ने क्रममा ट्याक्सी चालकले लाग्ने भाडा भन्दा बढी भने । हामीले अलि भाडा मिलाउँनु भन्दा सो ट्याक्सी चालकले तिमीहरुले धेरै पिएका छौ भन्दै प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरीहरु आए र हामीलाई भ्यानमा लान खोजे ।’
‘यसरी प्रहरीले भ्यानमा लान खोजेपछि मैले म पनि प्रहरी फ्यामिलीकै मान्छे हुँ भन्दा प्रहरीले धाक लगायो भन्दै भ्यानको पछाडी लगेर बुटले हाने । मेरो नाक भाँचेका छन् । मेरो आँखा र देब्रे कानमा पनि धेरै हाने । अहिले मेरो कानले राम्ररी सुन्दिन ।’
यसरी मध्यरातमा कुटपिट गरेपछि उनलाई भ्यानमा हालेर महानगरीय प्रहरी वृत्त दरबारमार्ग लगियो । वृत्तमा ल्याएपछि बमको इलाज नगरेका प्रहरीहरुले जब उनी एआईजीकै छोरा रहेछन् भन्ने थाहा भयो त्यसपछि प्रहरीहरुले आफुसँग राम्रो व्यावहार गरेको बताउँछन् ।
यसरी प्रहरीले आफुलाई निर्घात कुटपिट गरेपछि आफ्नै बिरुद्ध समाचार आएपछि उनी हाम्रो कार्यलय आईपुगेका हुन् । बमले अनलाईन मिडियाहरुमा सम्प्रेशन गरिएको सो माचारको खण्डन गर्दै भने ‘म प्रहरी ब्याकग्राउण्डकै मान्छे हुँ त्यसैले मैले त्यस्तो केही नराम्रो बोलिन किन भने मेरो बाबा ममीले कहिल्यै नराम्रो बोल्न सिकाउनु भएन ।’
बमका आमाले १ जना प्रहरी मात्र काम गर्ने रहेको बताउँदै भनिन्, ‘हाम्रो घरमा १ जना मात्र काम गर्ने प्रहरी छन् त्यक्रो चार पाँच जना कहाँ बाट हुनु, तपाई आफै गएर हेर्नुहोस् १ जना मात्र छन् ।’
त्यसोत बम र उनका आमाले अनलाईन मिडियाहरुमा सम्प्रेशन गरिएको समाचार सरासर गलत रहेको बताउँदै खण्डन गरेका छन् ।
सुगम बम प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमका जेठा छोरा हुन् । यता दरबार मार्ग प्रहरी बृत्तका डिएस्पी दान बहादुर मल्लका अनुसार मापसे गरेका र चोटपटक लागेका लाई पनि उपचार गराउँदै आएको र सुगम बमलाई पनि उपचारको लागि अस्पताल पठाएको बताएका छन् ।
डिएस्पी मल्लले भने, ‘ड्युटीमा खटिएका सिभिल र पोसाकमा रहेका प्रहरीलाई हातपात गर्न थालेपछि र सुगम बमले आफ्नो घरमा चार पाँच जना काम गर्ने प्रहरीहरु रहेका छन् भनेपछि हामीले उनलाई गाडीमा हालेर ल्याएका हौं भनेका छन् । तर आफुहरुले त्यसरी कुटेको भनेका छ्रैनन् । मादक पदार्थ सेवन गरेर ठोक्किएको घाउ चोट पनि हामीले उपचार गर्न पठाएका हौं ।’
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो।