भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारले नेपाल भार सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए ।
उनका अनुसार जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझोदरी, व्यापार र पारवहनमा सहजीकरण, उर्जा र जलस्रोतको अधिकतम उपयोग तथा प्रकोप व्यवस्थापनमा सहकार्य, सुरक्षा तथा प्रतिरक्षामा साझेदारी भारतको प्राथमिकतामा छ ।
प्रधानमन्त्री केपी ओलीको भ्रमणमा नेपालले थप पारवहनमा लागि प्रस्ताव गरे छलफल गर्न भारत तयार रहेको ती अधिकारीले बताए । पारवहनमा कष्ट अफ ईकोनोमी पनि हेर्नुपर्छ, यदि व्यवसायीले धान्न सक्छन् भन्ने अवसथ हो भने हामी थप बन्दरगाहमा नेपाललाई सहजीकरण गर्न तयार छौँ, उनले भने । आजको नयाँ पत्रिकामा यो खबर छ।