१२ चैत्र , जनकपुरधाम – संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त भएका छन् ।
सो दलका प्रदेश नंं २ का संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले यादवलाई आइतबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । यादव धनुषा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले यादवलाई प्रमुख सचेतकमा नियुक्त गरिएकोबारे प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको बताए ।
रासस