– सरिना मिरासिनी
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित करणी इन्टरप्राइजेजका सञ्चालक हरिश सेठियालाई गोली प्रहार गर्ने घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन । हुण्डी कारोबारको विवादमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
हुण्डी कारोबार वापत सेठियालाई ३५ लाख तिनुपर्नेमा हत्या गरे पैसा दिन नपर्ने भएका कारण योजना बनाइ गोली प्रहार गर्न खोजिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरी २ साता लामो अनुसन्धान गर्दा वास्तविकता बाहिर आएको हो ।
यस अघि गोली प्रहार गर्ने रमजान मुसलमानसंगै आएका मोटरसाइकल चालक भारत जिल्ला महाराजगंज नौतनवाका ३० वर्षीय मन्जुर मुसलमान फागुन ३० गते पक्राउ परेका थिए ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।