११ असार दाङ । स्थानिय निर्वाचन २०७४मा जिल्लामा रहेका ३सय ९१मतदान केन्द्र मध्य ६मतदान केन्द्र खुल्ला चौरमा रहेकाछन । तुलसीपुर उपमहानगर पालिकाको अरनिको मैदानमा रहेका ४मतदान केन्द्र र वंगलाचुलि गाउँपालिकाको भुटनेटामा रहेका दुई केन्द्र गरि ६मतदान केन्द्र खुल्ला मैदानमा रहेकाछन । खुल्ला चौरमा रहेका मतदान केन्द्रमा हुने निर्वाचनको मतदान कार्यक्रम सामान्य वर्षाभएपनि प्रभावित वन्ने छ । लामोसमय पछि हुनलागेको निर्वाचनमा वर्षाले गर्दा आफुले हालेको मतवदर भई आफुले चाहेको उम्मेद्धारनै आउन नसक्नेहोकी भन्ने चिन्ता तुलसीपुरउपमहानगर पालिका अरनिको मैदान मतदानस्थल रहेका मतदातामा रहेको छ भने । उम्मेद्धारहर्रु पनि त्यस्तै चिन्तामा रहेकाछन । वर्षाभए मतपत्र विग्रने डर उनिहरुमा रहेको छ । खुल्ला चौरमा रहेका मतदान केन्द्रहरुमा वर्षाको असरवाट वच्ने उपाए अवलम्वन गरिने मुख्य निर्वाचन आयोगको कार्यालय दाङले जनाएको छ । मुख्य निर्वाचन अधिकृत चुडामण खडकाले तुलसीपुर उपमहानगर पालिका वडानं ५को अरनिको मैदानमा रहेका ४मतदान केन्द्र र वंगलाचुलि गाउँपालिकामा रहेका भुटनेटा मतदान स्थलका दुई मतदान केन्द्रमा ओतको व्यवस्थापनका लागि मतदानअधिकृतलाई निर्देशन दिएको र ६मतदान केन्द्रलाई वर्षाको प्रभाववाट वचाउन थपवजेटको मागगरेको पनि आयोगले मतदानअधिकृत लाई निर्देशन मुख्य निर्वाचन अधिकृत चुडामण खडकाले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत खडकाले सके पाटिप्यालेसमा लगाइने टेण्टमाथि प्लाष्टिक राखेर भएपनि मतदान स्थललाई ओतमा राखि निर्वाचन सहज वनाउने सोंचमा निर्वाचन अयोग रहेको मुख्यनिर्वाचन अधिकृत खडकाले वताए । वाँकी ३सय ८५मतदान स्थलहरु विद्यालयमा भएकाले वर्षाको त्यति समस्यानरहने निर्वाचन अयोगको कार्यालय दाङले जनाएको छ ।