झन्डै एक दशकपछि अभिनेत्री करिश्मा मानन्धर अभिनित फिल्म ‘हिरोज’ चैत २३ गतेदेखि प्रदर्शनमा आउँदै छ । फिल्मबारे आइतबार जानकारी दिन आयोजित कार्यक्रममा उपस्थित अभिनेत्री करिश्माले हिरोजमा आफ्नो ‘छुट्टै’ भूमिका भएको बताइन् ।
लामो समयदेखि करिश्मालाई फिल्ममा प्रस्ताव नै आएनन् त ? यो जिज्ञासाको जवाफमा उनले ‘तमाम अफर आएको, तर सुहाउँदो अफर नआएको’ बताइन् ।
धेरै फिल्ममा आमाको भूमिकामा खेलिदिन अफर आए पनि ती भूमिका चित्तबुझ्दो नभएकाले आफूले नस्विकारेको उनले बताइन् । ‘आमाको भूमिका पनि मलाई स्वीकार्य छ, तर त्यो सशक्त हुनुप-यो,’ उनले पत्रकारमाझ जवाफ दिइन् ।
आजसम्म आएका प्रस्ताव सशक्त नभएकाले उनले त्यता ध्यान नदिएको बताइन् । उनले आमाको पनि लिड भूमिका भए मात्रै गर्ने आसय व्यक्त गरिन् । आफूले करिब ८ वर्षपछि मुख्य भूमिकामा अभिनय गरेको फिल्म हिरोज दर्शकले रुचाउने उनको विश्वास छ ।
एनबी महर्जनले निर्देशन गरेको फिल्म अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेकी हुन् । फिल्ममा जयकिसन बस्नेत, पूर्णिमा लामा, सञ्जोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापती, दिनेश डिसीलगायतले अभिनय गरेका छन् ।
यो समाचार नयाँपत्रीकाबाट लिईएको हो।