काठमाडौं । चर्चित कालाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको उपचारको क्रममा सोमबार राति निधन भयो । हरिसिद्धि क्यान्सर अस्पतालमा निधन भएकी यशोदाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
६८ वर्षिय यशोदा पाँच वर्षयता फोक्सो र आन्द्राको क्यान्सर उपचाररत थिइन् । यशोदा सुवेदीको अन्तिम संस्कारमा नेपाली कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको छ । छोरा यमन श्रेष्ठले सुवेदीलाई दागबत्ती दिएका थिए।