दीपक भट्ट/नयाँ पत्रिका रामेछाप
स्वास्थ्य जाँच गर्न साविकको गुन्सी स्वास्थ्य चौकीमा पुगेकी एक किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्दै अहेव विरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रामेछापमा जबरजस्तीकरणी उद्योग विरुद्ध उजुरी दर्ता गराएका छन् ।
किशोरीलाई टाउँको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने भएपछि उपचारको लागि स्वास्थ्य चौकीमा पुगेकी सुनापती गाउँपालिका वेथानकी १७ वर्षिय एक युवतीलाई उक्त स्वास्थ्य चौकीमा कार्यरत ३६ बर्षीय अहेव राकेश दासले यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा लिखित उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार थापाले जानकारी दिए । उनका अनुसार गत चैत्र १२ गते एसइई परीक्षा दिन गुन्सी परीक्षा केन्द्रमा गएकी वेथानकी ती किशोरी बिरामी भएपछि उपचारको लागि स्वास्थ्य चौकीमा पुगेकी थिइन ।
स्वाथ्य चौकीमा उपचारको नाममा अहेव दासले किशोरीमा यौन दुव्र्यबहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । पीडितको जाहेरी दर्तासँगै किशोरीलाई यौन दुव्र्यवहार गर्ने अहेव राकेश दासलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि वढाएको प्रहरी निरिक्षक थापाले वताए ।
यो समाचार नयाँपत्रीकाबाट लिईएको हो ।