कोटेश्वर पूर्वका समितिले अरनिको राजर्मागमा नियमित रुपमा चल्ने बस नचलाएपछि यात्रु समस्यामा परेका छन् । मयुर यातायातले काठमाडौं-बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा यातायात व्यवसायी समितिले बुधबार बस चलाउन बन्द गरेका हुन् ।
कोटेश्वर पूर्वका यातायात व्यवसायीले चरणबद्ध रुपमा आन्दोलनका घोषणा गर्दै ग्रामीण र शहरी दुवै भेगका बस चलाएका छैनन् । नियमितरुपमा सार्वजनिक बस चढ्ने यात्रुहरु बस व्यवसायीको आन्दोलनको कारण प्रभावित बनेका छन् । सडकमा सवारी साधन कम भएपछि यात्रुको चाप बढेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
बुधबार मध्यपुर यातायात, साझा यातायात र मयुर यातायातले भने सोहि रुटमा सवारी साधन चलाइरहेका छन् । मध्यपुर यातायातको बस चलाउने एक चालकले मयुर यातायातका बस सीमित भएकाले यसले अन्य व्यवसायीलार्इ खासै असर नपार्ने बताए । उनले भने – ‘मयुरका २३/२४ वटा मात्र बस छन्, अन्य समितिका धेरै बस भएकाले अहिले अरु डराउनु पर्दैन । प्रक्रिया पुरा गरेर आइसकेपछि मयुर यातायातले निर्वाध रुपमा बस संचालन गर्न पाउनुपर्छ ।’ यात्रुलाइई मार पर्ने गरी सवारी साधन नै बन्द गरेर बस्दा आफैलाइ घाटा हुने बताउँदै सिण्डिकेटको अन्त्य हुनुपर्ने उनले बताए ।
सार्वजनिक बस चढ्ने यात्रुहरुले भने नागरिकलार्इ सहजरुपमा आवात जावत गर्नका लागि सुविधा सम्पन्न बसहरु भित्रनु स्वागत योग्य भएको बताएका छन्। उनीहरुले सवारीसाधनको सिण्डिकेटलाई सरकारले तोड्नुपर्ने बताउँछन् । आधुनिक सुबिधासहित सञ्चालनमा आएको मयुर यातायातले यात्रुहरुलाई अरु बस व्यवसायीहरुले आन्दोलन गरे पनि सक्दो सुविधा दिने घोषणा गरेको छ ।