प्रदर्शनको तेश्रो सातामा आएर फिल्म ‘शत्रुगते’ लाई पुर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हेरेका छन् । शुक्रबार साँझ राजधानीस्थित बागबजारमा रहेको सिटीम्याक्स हलमा माधव र नारायणकाजीले हेरेका हुन् । ‘फिल्म राम्रो बनेको छ । युवासँगै बृद्ध सम्मका दर्शकलाई हलसम्म तान्ने फर्मुला यसमा छ । यसमा समाजको विकृति विसंगति देखिएको छ भने त्यसको परिणाम र त्यसलाई निर्मुल पार्ने उपाए पनि छ’, पुर्व प्रधानमन्त्री नेपालले भने । यता नारायणकाजी श्रेष्ठले फिल्म एकदमै मनोरन्जनात्मक बनेको प्रतिक्रिया दिए ।
‘सामाजिक यथार्थलाइ पनि देखाइएको छ । समाजमा देखा परेका कुरुतीलाई हटाउने संदेश पनि यसमा छ । फिल्मले हसाउछ भने कहिँ कतै रुवाउने कोसिश पनि गरेको छ’, नारायणकाजीको भनाई छ । उनीहरुसँगै ‘शत्रुगते’ हेर्न एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले हेरे ।
‘शत्रुगते’ले भरपुर मनोरंजन दिएको उनीहरुले प्रतिक्रिया दिए । ‘फिल्म रिलिजको समयमा एसईई लगायतका धेरै परिक्षा थियो, त्यसैले त्यसबेला फिल्म हेर्न नपाएका दर्शक यतिबेला हल आइरहनु भएको छ’ निर्देशक भट्टराई भन्छन ‘फिल्मलाई दर्शकले रुचाउनु भएको यो नै हाम्रो सफलता हो ।’
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला प्रियंका कार्की, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रंजन झा लगायतको अभिनय रहेको छ । दुई सातामा फिल्मले ८ करोडको व्यापार गरेको आँकलन छ ।
यो समाचार रमाइलोछ बाट लिईएको हो ।