काठमाडौँ,चैत्र २५ : फिल्म ‘शत्रु गते’ ले तेस्रो सातामा आइपुग्दा पनि सानदार व्यापार गरिरहेको छ । दर्शकलाई कमेडी स्वाद दिन सफल फिल्म ‘शत्रु गते’ शुक्रबारदेखि तेस्रो सातामा चलिरहँदा पनि फिल्म हलबाट टसमस भएको छैन। फिल्म वितरकको दाबीलाई मान्ने हो भने प्रदीप भट्टराई निर्देशित फिल्मले दुई सातामा झन्डै आठ करोड रुपैयाँको व्यापार गरेको छ।
‘शत्रु गते’ ले अझै उच्च सो नै पाइरहँदा त्यसको असर शुक्रबार नै रिलिज भएको फिल्म ‘तिमीसँग’ लाई समेत परेको छ। ‘तिमीसँग’ कम हलमै पनि रिलिज हुँदा अर्को फिल्म ‘हिरोज’ ले भने रिलिज नै स्थगित गरेको छ। फ्याम्ली ड्रामा मा आधारित ‘शत्रु गते’ अझै केहि दिन हलबाट नओर्लिने सम्भावना देखिएको छ ।
मह सञ्चारको ब्यनारमा निर्मित ‘शत्रु गते’ लाई किरण केसीले प्रस्तुत गरेका हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरि पौडेल, वसुन्धरा भुसाल, रमेशरञ्जन झालगायतको अभिनय छ।