१२ असार, काठमाडौं । तपाइँ सार्वजनिक बसको लामो यात्रामा हुनुहुन्छ तर इन्टरनेट सेवा नपाउँदा खल्लो महसूस गरिरहनुभएको छ भने अब चिन्ता नलिनुुुस् तपाइँको यो समस्या नेपाल टेलिकमले समाधान गरिदिएको छ ।नेपाल टेलिकमले सोमवारदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सुरु गरेसँगै सार्वजनिक सवारीमा यात्रा गर्ने उपभोक्ताले बसभित्रै निःशूल्क इन्टरनेट सुविधा पाउने भएका हुन् ।साइबरनेटिक्सको सहकार्यमा नेपाल टेलिकमले सोमवारदेखि यस्तो सुविधा ल्याएको छ ।बसमा यात्रा गर्ने यात्रुहरुसमक्ष पनि इन्टरनेटको पहुँच विस्तार गर्ने उद्देश्यले यस्तो सुविधा ल्याइएको टेलिकमले जनाएको छ ।टेलिकम र साइबरनेटीक्स प्रालिबीच केही दिनअघि उक्त एनटी बस इन्टरनेट सञ्चालनमा ल्याउने सम्बन्धमा सम्झौता भएको थियो ।एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीको कर्पोरेट तथा व्यावसायीक रणनीति विभागकी प्रबन्धक प्रतिभा वैद्यले यो योजनाले लामो तथा छोटो दुरीका बस यात्रुहरुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, भिडिओ लगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताईन् ।एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यो डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले नेपाल टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिने टेलिकमले बताएको छ ।यो पनि पढ्नुहोस् – फेसबुक मालिक जुकरबर्गले भने फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला एनटी बस इन्टरनेट सेवाबाट कुनै पनि बस, माइक्रोबस, कार लगायतका सवारी साधनमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिनेछ । एनटी बस इन्टरनेट सेवाबाट यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट आदिमा वाइफाइ कनेक्ट गरी इन्टरनेट चलाउन सक्ने टेलिकमले जनाएको छ । एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकोले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरु सुन्न र हेर्नुको साथसाथै गेमहरु एवं एप्सहरु पनि निःशुल्क डाउनलोड गर्न सकिनेछ ।
एनटी बस इन्टरनेट डिभाइसको माध्यमबाट आफ्नो सवारी साधन कहाँ छ भन्ने जानकारीसमेत जिपिएस प्रविधिमार्फत कुनै पनि क्षण कार्यालयबाटै पत्ता लगाउन सकिनेछ । यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशूल्क रिम कार्डसहित १० जिबी डाटा उपलब्ध गराईने टेलिकमले जनाएको छ । यो सुविधा लिनका लागि सम्बन्धित बस कम्पनीले साइवरनेटीक्स प्रालिसँग सम्पर्क गरी सम्झौता गर्नुपर्ने टेलिकमले जनाएको छ ।
#Tajapost