सचिन पंगेनी
दाङ ,१४ असार – दाङको तुल्सीपुर उपमहानगरपालिकाको वडानम्बर ३ को अम्बाक मतदान केन्द्रमा प्रहार गरिएको ग्रीनेड बाहिर फालेर दुर्घटना हुनबाट रोकेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई गृहमन्त्री जनार्दन शर्माले फोन गरेर बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् ।
शर्माले उनलाई फोन गरेर आफू अत्यन्तै खुशी भएको बताए । साथै उनले रानालाई निर्वाचनको समयमा गरेको यस्तो साहसिक कामलाई उचित सम्बोधन गर्ने आश्वासन समेत दिएका छन् ।
अम्बाकमा आज विहान मतदान चलिरहेको बेलामा सो ठाउँमा खटिएका प्रहरी हबल्दार रानाले मतदान केन्द्रतर्फ बल्दै आइरहेको ग्रीनेडलाई समातेर बाहिर फालेका थिए । उनले बाहिर फालेको पाँच मिनेपछि उक्त बम पड्किएको थियो ।
बम एकजना स्कुले केटाले फालेको जानकारी आएको छ।
आगो बलिरहेको ग्रिनेडलाई च्याप्पै समातेर मिल्काएँ : प्रहरी हवल्दार राना