भैरहवा ।
नब बर्ष २०७५ को अवसरमा नेपाल विद्यार्थी संघ लुम्बिनी इंजिनियरिङ कलेज परिवारले भैरहवा स्थिति सिद्धार्थ बाल गृहमा रहेका भाइबहिनीहरु नयाँ वर्षको खुशी बाँड्ने उद्देश्यका साथ खानपिन तथा सहयोग कार्यक्रम राखेको थियो।
उक्त कार्यक्रम सभापति दिपक फौदारको अध्यक्षतामा आयोजित कार्यक्रम त्यहाँ रहेका २५ जना भाइबहिनीहरुसँग दिनभरी नाचगान गर्दै मनाइएको थियो भने खानपिन लगायत रु ३५०००/- सहयोग स्वरुप उक्त बाल गृहलाई दिईएको थियो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति फौदारले अाजको दिन अाफ्नो लागि एकदम स्मरणीय रहेको र अाउने दिनहरुमा पनि यस बाल गृहमा पर्ने अभाब र समस्या आफ्नै ठानेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।