सचिन पंगेनी/देवदह
रुपन्देहीको देवदह नगरपालिकामा नेपाली कांग्रेसले जित निकालेकाे छ ।
नगरको मेयरमा कांग्रेसका क्षेत्र नं १ का सभापति समेत रहेका युवा नेता हिरा खत्री बिजयी भएका हुन् । खत्रीले ११४ मत अन्तरले एमालेका उम्मेदबारलाई पछि पारेका हुन् ।
कांग्रेसका खत्रीले १० हजार १ सय ७६ मत ल्याउदै बिजयी भए भने एमालेका उम्मेदबार टीकाराम चापागाईँ ले १०हजार ९८ मत मात्र पाए ।
३ वटा वडामा प्यानल सहित मेयरपद पनि काँग्रेसले जितेकाे हाे ।उपमेयरमा भने एमालेकी बिद्यालक्ष्मी गुरुङ्ग बिजयी भइन् ।उनले १० हजार २ सय ११ र माअाेबादीकी टीका न्याैपानेले ७ हजार ६६ मत पाइन् । देवदहका ९ वटा वडामा भने एमालेले जित निकालेकाे छ ।
९ वटा वडामा एमालेले र ३ वटामा कांग्रेसले प्यानल नै जितेको हो । जितपछि यु.एस.नेपाली न्युजलाई प्रतिक्रिया दिँदै मेयर बनेका खत्रीले देवदहलाई ५ वर्षभित्रमा नमुना बनाएर जनताको सेवा गर्ने बताए । उनले सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।