९००० नेपालीहरु अमेरिका मा अस्थायी बसोबास गर्दै आएकाहरुले अब अमेरिका छोडेर जानु पर्ने भएको छ । भूकम्प पश्चात नेपाललाई अस्थायी बसोबासको लागि अमेरिकाले दिएको Temporary Protected Status खारेज हुँदैछ ।
खारेज भए सँगै सबै नेपाली जसले अस्थायी बसोबासको लागि यो सुविधा लिएका थिए तिनीहरू सबैलाई डिपोर्ट गर्ने कुरा अमेरिकी राष्ट्रपति ट्रम्प ले उल्लेख गरेका छन् ।
तलको लागि भिडियो हेर्नुहोस:
हालसालै डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अन्य देशको यो सुविधा रद्द गरिसकेको छ भने अब नेपालको पालो आएको छ ।
अध्ययनले यो देखाएको छ कि २०१५ मा १५००० नेपालीले लिएको यो टिपी एस, हाल यो स्ट्याटस मा बस्ने को सङ्ख्या जम्मा ९००० भएको र धेरै जसो न्युयोर्क शहरमा बसिरहेको देखिएको छ ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अझै यसको अफिसियल घोषणा भने नभएको तर आउँदो दिनमा चाडै घोषणा गर्ने । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले टिपी एस को म्याद सकिन भन्दा ६० दिन अगाडि घोषणा गर्नु पर्ने छ । जुन नेपालको म्याद जुन २४, २०१८ तर घोषणा गर्ने म्याद भने भूकम्पको इनिभरसरीको दिन जुन अमेरिकी समय अनुसार बुधबार भोली रहेको छ ।
यदि टिपी एस को म्याद सकियो भने नेपालीलाई आफ्नो घर फर्किने तयारी को लागि थप एक वर्ष दिइने छ । जुन २४, २०१९ भित्र जो फर्किदैन ती सबै व्यक्तिलाई निर्वासन गरिने कुरा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी कि्रष्ट जेन नीएलसन ले जनाएकी छिन् ।