सोनकलि थारु,
असार २५ सुनवल नवलपरासी । सुनवल नगरपलिका नगर कार्यपलिकाको प्रयोजन,कर्मचारी मिलन केन्द्र नवलपरासीको आयोजना, नेपाल आदिबासी जानजाती महासंघ सुनवलको ब्यवस्थापनमा लोकसेवा तयारी कक्षाको समापान आज सुनवल ४ कैलाशेश्वर मान्दिरमा सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्र अध्यक्ष महेन्द्र प्रसाद भण्डरीको अध्यक्षता,प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरको प्रमुख अतितथ्यता, सुनवल नगरपलिकाका मेयर भिमबहादुर थापाको बिशिष्ट अतित्थ्यता,नगरपलिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ ,प्रशिक्षक कृष्ण प्रसाद खनाल लगायातको अतित्थ्यता रहेको थियो ।नेपाल आदिबासी जानजाती महासंघ सुनवलको अध्यक्ष बलबहादुर थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन चित्रबहादुर गुरुंगले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मेयर थापाले अउदा दिनहरुमा सुनवललाइ समृद्ध बनाउनमा जोड दिन यस्तै प्रशिक्षणका कार्यक्रमहरु ल्याउनमा कुनै कसर बाकी नराख्ने बाचा गर्नुभएको छ । भने प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले तयारी गर्न एकचोटी असफल भयो भने हरेस नखने,सधै प्रयत्नरत रहनमा जोड दिनुभएको छ । सुनवल नगरपलिकाका १३ वटै वडाका ३७ जना प्रशिक्षर्थीहरुल लोकसेवा तयारी कक्षाको प्रशिक्षण लिएका छन ।