सोनकलि थारु
२६ असार सुनवल । सुनवल नगरपलिका अन्तगर्त वार्ड नं ४ सुभमनगरको कैलाशेश्वर शिवमान्दिरको सभाहलमा ३ माहिने सिलाइ कटाइ प्रशिक्षण कार्यक्रम समपन्न भएको छ ।नेपाल आदिबासी जनजति महासंघ समन्वय परिषद सुनवलको आयोजना तथा सुनवल नगरपलिकाद्धरा अर्थिक बर्ष २०७३ ÷०७४ सालको बिनियोजित बजेटको आर्थिक सहयोगमा ३ माहिने सिलाइ कटाइ प्रशिक्षण कार्यक्रम समपन्न भएको हो । आदिबासी जनजति महासंघ समन्वय परिषद सुनवलको अध्यक्ष बलबहादुर थापा मगरको अध्यक्षतामा तथा सुनवल नगरपलिकाका प्रमुख मेयर भिमबहादुर थापा भरतको प्रमुख अतित्थ्यतामा , आदिबासी जनजति महासंघ जिल्ला समन्वय परिषदका कानुनी सल्लाहकार चुराबहादुर थापा मगरको बिशेष अतिथ्यतामा सुनवल नगरपलिका भित्रका ३५ जना महिला प्रशिक्षर्थीहरुको सहभगिता रहेको थियो । प्रशिक्षकहरु मनुमाया राना ,साबित्री थापा र दुर्गा खडकाले प्रशिक्षण दिनुभए को थियो ।
कार्यक्रमको संचालन संगिता थापा मगरले गर्नुभएको थियो ।भने शुभकमना मन्तब्य दिदै प्रमुख अतिथिले सिकेको सिपलाइ ब्यावहारमा उर्तदै ब्यावसायमुलक हुनुमा जोड दिदै अगामि दिनहरुमा नगरपलिकाबाट हुने सहयोग पुर्ण रुपमा गर्ने प्रतिबद्धता समेत जनाउदै स्थानिय तहको दोस्रो चरणको निर्बाचनमा सुनवल नगरपलिकाबाट आफुलाइ निर्बाचित गर्नुहुने सम्पुर्ण मतदातालाइ धन्याबाद समेत प्रकट गर्नुभएको थियो । कार्यक्रममा चुराबहादुर थापा मगर ,वडा नं ४ का वडा अध्यक्ष बिरबहादुर गुरुंग ,नेपाल मगर संघ सुनवलका अध्यक्ष मनबहादुर थापा मगर प्रशिक्षक मनुमाया राना तथा प्रशिक्षर्थी लगायातको मन्तब्य रहेको थियो ।