गजल
मायामा यति घात छ भन्ने जानेकाे भए ।
पिरतिमा धेरै मात छ भन्ने जानेकाे भए ।।
सायद याे जिन्दगी साेचे जस्तै हुन्थ्यो हाेला ।
दिन पछि साँच्चै रात छ भन्ने जानेकाे भए ।।
अाफ्नाे मात्र सधै जयजयकार गर्दै हिड्ने ।
दरिद्र र भयानक जात छ भन्ने जानेकाे भए ।।
सायद बिदेशीनेहरु पनि स्वदेशमै बस्थे हाेला ।
नेपाल मै पैसाको खात छ भन्ने जानेकाे भए ।।
कर्णालीका जनता अालु बेचि भात खान्छन् ।
अालुमा पनि साँच्चै भात छ भन्ने जानेकाे भए ।।
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत