२९ आषाढ बर्दघाट । सेक्टर बन कार्यालय बर्दघाट र सोही माताहतको अग्नी संजालले सामुदायिक बन क्षेत्र भित्रका खोलाले कटान गरेका क्षेत्रहरुको अवलोकन तथा अनुगमन गरेको छ । वन कार्यालयका कर्मचारी, सामुदायिक बनका प्रतिनिधि तथा अग्नी नियन्त्रण संजालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । टोलीले भुमहीको पानभार खोला , बासाको भलुही खोला, विनयी खोला र केरुङ्गे खोलाले कटान गरेका क्षेत्रको अवलोकन तथा अनुगमन गरिएको हो । जिल्लाले खोला ठेक्का लगाउदा तोकेको ठाउबाट भन्दा अन्यत्र बाट पनि खोलाजन्य पदार्थ निकाल्दा खोलाले आफ्नो बेग परिवर्तन गरी कटान गरेको देखिएको छ । कटानले कतै बन क्षेत्रमा नोक्सान पुराएको छ भने कतै बस्तीनै खतरामा परेको देखिएको छ । जिल्लाले खोला ठेक्का लगाउदा सामुदायिक बनका प्रतिनिधिहरु संग पनि परामर्श गरेर लगाउन सके कहांकाट कति परिणाममा खालाजन्य पदार्थ निकासी गर्नु पर्नेहो भन्ने कुराको मापदण्ड तय गरेर अगाडि बढ्न सके खोलाले आफ्नो धार परिवर्तन नगर्ने र कटान न्यूनिकरण हुनेमा अवलोकन तथा अनुगमनमा गएका प्रतिनिधिले जोड दिएका थिए । खोलाले कटान गरेको क्षेत्रमा तत्काल रोकथामको कार्य सुरु नगरीए यसले ठुलो क्षति पुराउने समेत उनीहरुले बताएका थिए ।