साउन ३ कावासोती । नगर प्रमुखले बहुमतको आडमा आफुहरुलाई निति तथा कार्यक्रम अध्ययन गर्न नदिई बहुमतको आधारमा नगर सभा सम्पन्न गरेको भनिएको प्रति नेपाली काग्रेसले प्रेस विज्ञप्ती मार्फत विरोध जनाएको छ । कावासोती नगरपालिकाको प्रथम ऐतिहासिक नगर सभा सञ्चालनका क्रममा आर्थिक वर्ष २०७४।७५ को वार्षिक बजेट निती तथा कार्यक्रम पेश गर्दा जनप्रतिनिधी बिच जुन जानकारी र छलफल गर्नु पर्ने हो सो नगरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको प्रेस विज्ञप्ती मार्फक जनाएको छ । निर्वाचित जनप्रतिनिधीलाई हेर्न सुन्न र पढ्न समेत नदिई नगर प्रमुख बाट बहुमतको दम्भको आधारमा वार्षिक बजेट निती तथा कार्यक्रम पेश गरेको प्रति आफ्नो कडा विरोध रहेको विज्ञप्तीमा जनाईएको छ । छलफलको माग गर्दा गर्दै पनि जनप्रतिनिधीलाई डर त्रास धम्की देखाउने अपमानित गर्ने जस्ता अलोकतान्त्रीक व्यवहार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्ती जारी गरेको र असहमीको वातारणमा बजेट सार्वजनिक गरेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको आज दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । वडाअध्यक्षअरुले निकालेको प्रेस विज्ञप्तीको आफुले समर्थन गर्ने पनि विज्ञप्तीमा लेखिएको छ । कावासोती नगरपालिकालाई विकासको नगर बनाउनका लागी सम्बन्धित पक्ष बाट भएका कमी कमजोरी सच्याउन, जनप्रतिनिधी माथी भएको अपमानपूर्ण व्यवहार बन्द गर्न, लोकलान्त्रीक चरित्रको अवलम्वन गर्न विज्ञप्ती मार्फत जोडदार माग गरिएको छ । यस अभियानमा नगर क्षेत्रका राजनितिक दल, नागरिक समाज सामाजिक संघ सस्था, उद्योगी व्यवसायी लगाएतलाई सहयोग गरिदिन नेपाली कांग्रेसका नगर सभापती मुकुन्द प्रसाद भट्राई द्धारा हस्ताक्षेरित विज्ञप्ती मार्फक अपिल गरिएको छ । नगरवासीको हक अधिकारका लागी शान्ती पूर्ण तरिकाले विरोधका कार्यक्रम गरेको कांग्रेसका नगर सभापती मुकुन्द प्रसाद भट्राईले बताउनु भयो ।
श्रोतः नवलपुर एफ. एम