सोनकलि थारु
६ श्रावण, सुनवल ।
नगर बाल संजाल सुनवलको आयोजना तथा युवालय र एन सिएफएलजी को समन्बय एवं सहजिकरणमा आज सिएफ एलजीसम्बन्धि र शुभारम्भ परियोजनाका बारेमा नव निर्वाचित मेयर उपमेयर,वडाअध्यक्ष,कार्यपालिका सद्स्य र नगर बाल संजाल सुनवल का प्रर्त्नििधिहरू संग छलफल तथा अभिमुखिकरण कार्यक्रम सुनवलको लोटस रिसोर्टमा सम्पनन भएको छ । नव निर्वा्चित मेयर उपमेयर,वडाअध्यक्ष,कार्यपालिका सद्स्यहरूलाई नगर बाल संजाल सुनवल द्वारा खादा एवं मेयर उपमेयर लाई बालमैत्री स्थानिय शासन सिएफ एलजी को ब्याच लगाई स्वागत एवं सम्मान गर्दै नगर संजाल कि अध्यक्ष द्वारा स्मरण पत्र समेत हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाक्षेत्रीले, सुनवललाई नेपालमै पहिलो बालमैत्री तह बनाउनका सबै जनप्रतिनिधिहरुलाई एक जुटभई अभियानमा लाग्न आग्रह गर्नुभएको छ । सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री नगर घोष्णा भईसके पनि हाल सुनवलमा थपिएका ३ वटा वडालाई पनि बालमैत्री घोष्णा गरेपछि सुनवल नेपालमै पहिलो बालमैत्री र नमुना नगर बन्ने विश्वास व्यक्त गर्नु भयो ।
मेयर थापाले नगरको ३ वटा वडाको बालबालिका क्षेत्रमा देखिएका मुख्य समस्या बाल श्रम शोषण, बालहिंसा, बाल दुव्र्यहार, बाल भेदभाव र बाल अधिकार हननका घटनाहरुलाई नियन्त्रण गरि नगरलाई बालमैत्री नुमना नगर बनाउन सबै नागरिकबासीहरुलाई यस अभियानमा जुटन आग्रह गर्नु भयो । मेयर थपाले, नगरलाई ५ वर्षभित्र नमुना नगर बनाउन, बालमैत्री, महिला मैत्री, वातावरण मैत्री नगर घोष्णा गर्दै नगरको समग्र आर्थिक, सामाजिक र भौतिक विकासमा हामी जनप्रतिनिधहरुको क्रियाशिल भुमिका र पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
नगर बाल क्लबद्धारा आयोजित नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई एवं सिएफ एलजी सम्बन्धित अभिमुखी कार्यक्रममा बालबालिकाहरुको क्षमता अभिबृद्धि, संजाल गठन पुर्न गठन, सचेतना कार्यक्रम, शिपमुलक तालिम, बाल अधिकार सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु यस नगरमा गरिदै आइएको बालमैत्री फोकल पर्सन रेशम शर्माले बताउनु भयो । कार्यक्रममा मेयर भरत थापा, उपमेयर दधिराम अर्याल, सुनवल बाल संजालकि संस्थापक अध्यक्ष विपना शर्मा, नगर बालसंजालकि अध्यक्ष अर्चना भुषाल लगायतले बालबालिकाहरुको हक अधिकार प्रति साकारात्मक हुन सबै नगरबासीहरुमा आग्रह गर्नुभएको छ ।