संवाददाता
१० साउन, दाङ । अव्यवस्थीत सवारी पार्कीङ र अनावश्यक हो हल्लाको अन्तका लागि तुलसीपुर उपमहानगर पालिका वडानं ५ले आज देखि वजार एरियालाई हर्न निषेधित क्षेत्र वनाउन पहल शुरुगरेको छ । निषेधित एरियामा हर्न वजाए यातायात नियमावली अनुसार कार्वाहि नै गरेर अगाडि वढने सोंचमा तुलसीपुर उपमहानगरपाकिला वडानं ५ रहेको वडाअध्यक्ष विरेन्द्र शाहले जानकारी दिए । जनचेतनाको विकासका लागि शहर क्षेत्रमा होडिङ वोड स्थापना देखि सवारी साधनमा स्टीकर लगाईने तुलसीपुर उपमहानगरपालिका वडानं ५ले जनाएको छ । शुरुमा हर्न निशेधित क्षेत्रकावारेमा जानकारदिने ६वटा होडिङ वोड राख्नुका साथै सवारी साधनमा चिप्काउनका लागि एक हजार स्टीकरको व्यवस्था गरिएको वडाअध्यक्ष शाहले वताए । हर्न निशेधित्त क्षेत्रका अल्वा अव्यवस्थीत सवारी पार्किङलाई व्यवस्थापन गर्न केहि स्थानलाई लिष्टेड गरिएको वडाकार्यालयले जनाएको छ । हर्न निशेधित्तक्षेत्रका वारेमा जानकारी गराउने ६होडिङ वोडहरु विभिन्न ६ महत्वपुर्ण स्थानमा स्थापना गरिएको वडाअध्यक्ष शाहले वताए । होडिङ वोडहरु घोराहि तुलसीपुर सडक खण्डको राप्ती अञ्चल ट्रका समितिको कार्यालय अगाडि, सोहि सडकको वडानं ५र ६को सिमाना मदनशाहको घर अगाडि वाहिनी चोक, वसपार्क ,कृषि समाग्री संस्थानको गोदाम र नयाँवसपार्क पुलचोकमा स्थापना हुने जनाईएको छ । अव्यवस्थीत सवारी पार्किङलाई व्यवस्थीत गर्न विपि चोक दक्षिण तर्फको सडक किनाराको नाला , राष्ट्रिय समाचार समितिको कार्यालय अगाडि र नगरविकास समितिको अगाडि गरी यी ४स्थानमा मोटरसाईकल पार्किङको व्यवस्था मिलाउने तयारीभएको र पुरानो वसपार्कमा वनेको वालउद्यान अगाडि जिपकार टेम्पोको पार्किङको व्यवस्था गरिने वडा सदस्य शुरेस कुमार श्रेष्ठले जानकारी दिए । अव्यवस्थीक वजार व्यवस्थापनमा ट्राफिक प्रहरी , ईलाका प्रहरी र सरोकारा वाला निकाय सवैको सहयोग आवश्यक रहने वडासमितिको कार्यालयले जनाएको छ । शुरुमा मौखिक सुझावका आधारमा हर्न निशेधित्त क्षेत्र निर्माणमा जुटेको उपमहानगर वडानं ५ विस्तारै कानुन नै निर्माण गरेर वजार व्यवस्थापनमा लाग्ने वडासदस्य शुरेस श्रेष्ठले वताए ।