देवी भण्डारी,
१२ साउन दाङ । रक्तदान गर्दा रक्तदान गर्ने व्यक्तिलाई कुनै प्रकारको रोग वा कमजोरी हुन्छ भन्ने सोचमा परिवतर्न गर्न आवश्यक रहेको आज घोराहीमा आयोजित एक कार्याक्रका सहभागीहरुले बताएका छन । रक्त सँचार सेवा केन्द्र घोराही दाङको ५१ आँै संचार सेवा केन्द्रको महत्व विषयक अन्तरत्रिया कार्यक्रममा सहभागी बक्ताहरुले यस्तो बताएका हुन ।
नेपाल रेडक्रस सोसाईटी दाङ शाखामा यस वर्ष १८ सय ४ युनिट बल्ड जम्मा भएको र १७ सय ६२ युनिट वल्ड वितरण गरेको तथा ४२ युनिट बल्ड रक्त संचा र गृहमा रहेको वाषर््िक प्रतिवेदन प्रस्तुत गदै रक्त सँचार सेवा केन्द्र घोराही दाङका इन्चार्ज दिलिप न्यौपानेले जानकारी गराउनु भएको थियो ।
साथै आर्थि वर्ष २०७३ ।७४ मा रक्त सँचार सेवा केन्द्र घोराही दाङको सहकार्य ५० वटा संघ संस्थाहरुले बल्ड संकलन गरेका थिय । यस वर्ष दाङमा ३सय ५९ पुरुष तथा ८३ जना महिलाले रक्तदान गर्नु भएको थियो । पुरुषबाट १५ सय ६ युनिट तथा महिला बाट २ सय ९८ युनिट बल्ड जम्मा भएको हो । त्यस्तै गत वर्षको तुलनामा यस वर्ष रक्तदान गर्ने हरुमा वृदि भएको रक्त सँचार सेवा केन्द्र दाङले जनाएको छ ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आर्चार्यको सभापतित्व तथा दाङ प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुख आथित्यता जिल्ला जनस्वास्थ कार्यालयका प्रमसख घनश्याम पोख्रेल र राप्ती उपक्षेत्रिय अस्पतालका डाः रोशन भागतको विशिष्ट आथित्यतामा कार्याक्रम सम्पन्न भएको हो ।
कार्याक्रममा जिल्ला जनस्वास्थ कार्यालयका प्रमसख घनश्याम पोख्रेलले कार्यापत्र प्रस्तुत गर्नु भएको थियो । वार्षिक प्रतिवेदन रक्त सँचार सेवा केन्द्र घोराही दाङका इन्चार्ज दिलिप न्यौपानेले गर्नु भएको थियो । कार्याक्रममा सल्लाहकार सुन्दर गौतम ,राप्ती उपक्षेत्रिय अस्पतालका डाः रोशन भागत , निमर्ला गौतम लगाएतले बोल्नु भएको थियो । नेपाल रेडक्रस सोसाईटी दाङका मदन गौतमको स्वागत मन्तव्यबाट शुरुभएको कार्याक्रमको सहजीकरण प्रकाश श्रीबन्धले गर्नुभएको थियो ।